परिचय

राष्ट्रिय सञ्चार केन्द्र नेपाल (National Media Center Nepal – NMC Nepal) एक गैर–सरकारी, गैर–नाफामूलक तथा सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध संस्था हो । यसको स्थापना संस्था दर्ता ऐन, २०३४ अन्तर्गत वि.सं. २०७४ चैत २२ मा भएको हो । संस्थाको केन्द्रीय कार्यालय भक्तपुर जिल्ला, मध्यपुर ठिमी नगरपालिका–३, गठ्ठाघरमा रहेको छ भने यसको कार्यक्षेत्र सम्पूर्ण नेपालभर फैलिएको छ ।

नेपाल संघीय शासन प्रणालीमा प्रवेश गरेसँगै सुशासन, पारदर्शिता, उत्तरदायी शासन, नागरिक सहभागिता तथा समावेशी विकासलाई संस्थागत गर्ने आवश्यकता अझ बढेको छ । यही आवश्यकतालाई आत्मसात् गर्दै राष्ट्रिय सञ्चार केन्द्र नेपालले सूचना, सञ्चार, अध्ययन, अनुसन्धान तथा नागरिक सशक्तीकरणलाई आफ्नो मुख्य कार्यदिशा बनाएको छ ।

संस्थाले विशेषगरी पछाडि पारिएका, विपन्न, महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा सिमान्तकृत समुदायलाई लक्षित गरी सूचना पहुँच विस्तार, क्षमता विकास, सामाजिक जागरण र नागरिक सहभागितामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस संस्थाले विभिन्न नगरमा दर्जनौं सार्वजनिक सुनुवाई कार्यक्रम समेत सम्पन्न गरिसकेको छ ।

साथै, विभिन्न सरकारी निकाय, गैर–सरकारी संस्था, निजी क्षेत्र, विश्वविद्यालय तथा सञ्चार माध्यमसँग सहकार्य गरी सुशासन, मानव अधिकार, सामाजिक उत्तरदायित्व, सामाजिक सुरक्षा, दिगो विकास तथा सूचना प्रविधिको क्षेत्रमा प्रभावकारी कार्यक्रम सञ्चालन गरिरहेको छ ।

श्रव्य–दृश्य सामग्री निर्माण, वृत्तचित्र, टेलिभिजन कार्यक्रम, अनुसन्धान, परामर्श सेवा, तालिम, पत्रिका तथा प्रकाशनमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने अभियानलाई संस्थाले निरन्तर अघि बढाइरहेको छ ।

© 2026 All right reserved to nationalmediacenter.org.np  | Site By : sobij